काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित नभएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सम्बोधनको कार्यक्रम रोकेका छन् ।
एमालेका अनुसार सदनको नेता नै अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी नेताको सम्बोधन रोकिएको हो ।
हिउँदे अधिवेशनले गति लिन थालेको अवस्थामा छलफलको पहिलो दिन प्रधानमन्त्री अनुपस्थित भएका थिए ।