राजा चार्ल्सको क्यान्सर उपचार हुँदा राजकुमारले थप जिम्मेवारी-Sutra News

राजा चार्ल्सको क्यान्सर उपचार हुँदा राजकुमारले थप जिम्मेवारी

बुधबार, २४ माघ २०८०

बुधबार, २४ माघ २०८०

काठमाडौं । राजा चार्ल्स तृतीय क्यान्सरको उपचारमा गएको र श्रीमतीको शल्यक्रियापछि आराम गर्नु पर्ने भएपछि बेलायती राजकुमार विलियमले बुधबारदेखि शाही जिम्मेवारीको थप भार बहन गरेका छन् ।



राजाको एक्कासी क्यान्सर निदानका लागि अस्पतालमा भर्ना हुनु पर्ने र क्याथरिनको पेटको अपरेशन भएकाले विलियमलाई थप शाही बोझको काँधमा आएको हो ।

चार्ल्सका जेठा छोरा तथा सिंहासनका उत्तराधिकारी ४१ वर्षीय विलियमले आफ्नी पत्नी तथा वेल्सकी राजकुमारी क्याथरिनको र उनीहरूका तीन छोराछोरीको हेरचाहका लागि सार्वजनिक कार्यक्रम स्थगित गरेका थिए ।

राजाको स्वास्थ्य उपचारका लागि दरबारको नियमित जिम्मेवारीको बोझ कम गर्ने निर्णयसँगै विलियम बुधबारदेखि काममा फर्किएका हुन् । उनले आफ्नो बुबाको उपचारका क्रममा चार्ल्सका केही कर्तव्यहरू पनि सम्हाल्ने अपेक्षा गरिएको छ ।

उपचारका क्रममा राजा चाल्र्सको कतिपय सेवा सम्पादन गर्न राजकुमारी एनी र चार्ल्सकी पत्नी रानी क्यामिलाले भार साझेदारी गर्ने छ । बकिङ्घम प्यालेसले ७५ वर्षीय राजालाई कुन प्रकारको क्यान्सर भएको छ भन्नेबारे केही बताएको छैन । यद्यपि, यो प्रोस्टेट क्यान्सर नभएको बुझिएको छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजाको स्वास्थ्यबारे सार्वजनिक सन्देशमा समस्या ‘छिट्टै नै पत्ता लागेको’ बताएका छन् । सन् २०२२ सेप्टेम्बर ८ मा राजा चार्ल्सकी ९६ वर्षीया आमा एलिजाबेथ द्वितीयको निधन भएसँगै उनको शासन कालको १७ महिनापछि यो समस्या पत्ता लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट