काठमाडौं । भारतीय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त पिचमा फर्किन पर्खिरहेका छन् । पन्त गत वर्ष भयानक दुर्घटनामा परेका थिए । उनी गम्भीर घाइते भएका थिए ।
पन्तको शल्यक्रिया गर्नु पर्यो । त्यसपछि उनलाई खुट्टामा उभिन धेरै महिना लाग्यो । अहिले पन्त लगातार वर्कआउट गरी सामाजिक सञ्जालमा सबै फ्यानहरुको ध्यानाकर्षण गरिरहेका छन् ।
फ्यानहरू पन्तलाई आईपीएल २०२४ मा पुनरागमन गरेको हेर्न चाहन्छन् । यसैबीच दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक रिकी पोन्टिङले पन्तको पुनरागमनलाई लिएर ठूलो अपडेट दिएका छन् ।
दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक पोन्टिङले भने, “ऋषभ पन्त आईपीएल खेल्ने धेरै विश्वस्त छन्, तर उनी कुन क्षमतामा टोलीमा हुने छन् भनेर अहिलेसम्म कसैलाई थाहा छैन ।
“तपाईंले पन्तलाई सोसल मिडियामा देख्नु भएको होला कि उनी पुनरागमनका लागि कत्तिको आतुर छन् र निरन्तर वर्कआउट गरिरहेका छन्,” उनले थपे, “आईपीएल सुरु हुन ६ हप्ता बाँकी छ, यस्तो अवस्थामा उनलाई यो वर्ष विकेट किपिङ गरेको देख्न निकै गाह्रो देखिन्छ ।”
यदि ऋषभ विकेट किपिङका लागि उपलब्ध भएनन् भने उनी ब्याट्सम्यानको रुपमा खेल्न सक्छन् । उनलाई प्रभावशाली खेलाडीको रुपमा चिनिदै आएका छन् ।