काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय क्रिकेट सिरिज बिहीबारदेखि सुरु हुँदैछ । आईसीसी मेन्स क्रिकेट वल्ड कप (सीडब्लूसी) लिग टूको सुरुवात गर्नुअघि नेपालले क्यानडासँग सिरिजको आयोजना गरेको हो ।
नेपालले त्रिवि मैदान कीर्तिपुरमा क्यानडासँग एक दिवसीय तीन म्याचको सिरिज खेल्ने छ । सिरिजको पहिलो खेल बिहीबार, दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार हुने तालिका छ । प्रतियोगिता खेल्ने दुवै देशका खेलाडीहरू बुधबार अभ्यासमा व्यस्त भएका छन् ।
क्यानडाविरुद्धको सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरेको छ । क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले पनि साद बिन जफरको कप्तानीमा अनुभवी खेलाडीलाई समेटेर टोलीको घोषणा छन् ।
पुबुदु दासानायके नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक हुन् । यसअघि उनले नेपाली टोलीलाई सफलता दिलाउन सफल भएका थिए ।