पहिलो पटक जोडीका रूपमा देखिँदै खगेन्द्र र वर्षा-Sutra News

पहिलो पटक जोडीका रूपमा देखिँदै खगेन्द्र र वर्षा

बिहिबार, २५ माघ २०८०

बिहिबार, २५ माघ २०८०

काठमाडौं ।  निर्देशक दीपेन्द्र के खनालले फिल्म ‘मेयर’ बनाउँदै छन्।  सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापामाथि बन्न लागेको बायोपिक फिल्मको हो ।



राजनीतिक जीवनमा आधारित भएर बन्न लागेको ‘मेयर’को मुख्य पात्रको भूमिका अभिनेता खगेन्द्र लामिछानेले निर्वाह गर्दै छन् ।

यो फिल्मको महिला पात्रको मुख्य भूमिकामा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छिन् । बुधबार निर्माण कम्पनीको तर्फबाट निर्देशक खनाल र अभिनेत्री राउतले फिल्मका लागि सम्झौता गरेका हुन् ।

यसमा वर्षाको जोडी अभिनेता खगेन्द्र लामिछानेसँग बाँधिनेछ । वर्षा र खगेन्द्रले पहिलो पटक सहकार्य गर्न लागेका हुन् । फिल्ममा वर्षाले दुई कालखण्डको चरित्र निर्वाह गर्नुपर्नेछ । जसअनुसार, उनी फिल्ममा मेयरकी प्रेमीका र श्रीमतीको भूमिकामा देखिन लागेको बुझिएको छ । यो फिल्ममा अर्पण थापा पनि यसअघि अनुबन्धित भइसकेका छन् ।

फिल्मलाई पटकथा प्रोडक्सनले निर्माण गर्दैछ भने निर्देशक तथा निर्माताको रूपमा दीपेन्द्र छन् । फिल्मको फागुन १५ देखि सर्लाहीमा छायांकन सुरु हुने भनिएको छ भने, सम्पूर्ण छायांकन सर्लाहीमा नै हुने बताइएको छ । यसको निर्माणपक्षले सर्लाहीमा पुगेर लोकेशन समेत हेरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट