वृश्चिक राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

वृश्चिक राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

बिहिबार, २५ माघ २०८०

बिहिबार, २५ माघ २०८०

आज मिति २०८० साल माघ २५ गते बिहीबार । तदनुसार फ्रेवुअरी ८ तारिख २०२४ । माघ कृष्ण पक्ष त्रयोदशी तिथि । बिहान ६ बजेर ४६ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर ४९ मिनेटमा अस्ताउने छ ।



मेष

काम अड्किनाले उद्देश्यमा पुग्न समय लाग्नेछ। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। सावधानीले उपलब्धि जोगाउँदै लाभ लिन सकिनेछ।

वृष

अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ।

मिथुन

कृषि, पशुपालन तथा घरेलु कामकाजमा फाइदा हुनेछ। सामाजिक काममा जुट्न नसकिएला। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ।

कर्कट

जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।

सिंह

बोलीको गलत अर्थ लाग्न सक्छ, सजग रहनुहोला। अध्ययनमा त्यति समय दिन नसकिएला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ।

कन्या

आगन्तुकहरूले अलमल्याउने हुँदा कामलाई बाधा पुग्न सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। महत्त्वाकांक्षी योजना अड्किन सक्छ।

तुला

आंशिक फाइदा भए पनि लाभांश अरूका लागि खर्चनुपर्ने देखिन्छ। सरसापटमा रकम बाहिरिन सक्छ। पहिले टाढिएका साथीभाइ नजिकिन सक्छन्।

वृश्चिक

व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हातलागी हुनेछ।

धनु

सानातिना काममै अल्झनुपर्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाउने र अध्ययन गर्ने बेला छ।

मकर

चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिमा पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ।

कुम्भ

गोपनीयता बाहिरिनाले समस्या पर्ला। आयस्रोत फेला परे पनि धन संग्रहमा बाधा पुग्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ।

मीन

परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट