यूएईमा हुने फ्रेन्चाइज खेल्न जाँदै दीपेन्द्रसिंह ऐरी-Sutra News

यूएईमा हुने फ्रेन्चाइज खेल्न जाँदै दीपेन्द्रसिंह ऐरी

बिहिबार, २५ माघ २०८०

बिहिबार, २५ माघ २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने प्रतियोगिता खेल्ने भएका छन् । उनले आइएल टी–२० प्रतियोगिता खेल्ने भएका हुन् ।



नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले गल्फ जायन्टसबाट आइएल टी–२० खेल्न लागेका हुन् । आइएल टी–२० का लागि आबद्ध भएपछि ऐरीले खुसी व्यक्त गरे ।

ऐरीले आफूले फ्रेन्चाइज खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिँदै उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट