रोमाञ्चक खेलमा नेपाल सात रनले विजयी, लगातार १३ औँ जित-Sutra News

रोमाञ्चक खेलमा नेपाल सात रनले विजयी, लगातार १३ औँ जित

बिहिबार, २५ माघ २०८०

बिहिबार, २५ माघ २०८०

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७ रनले विजयी भएको छ ।



नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडा २१७ रनमा अलआउट भएको हो । प्रतियोगितामा नेपालले ५० ‍ओभर खेल्दै २२४ रन बनाएको थियो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले कप्तानी पारी खेल्दै चार विकेट लिए । यस्तै, ललित राजवंशीले दुई, सोमपाल कामी, रिजन ढकाल, पवन सराफ, कुशल मल्लले समान एक-एक विकेट लिए ।

नेपालको ब्याटिङतर्फ कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए । यसैगरी ओपनर आशिफ शेख र रोहित पौडेले समान आठ-आठ रन बनाए ।

भीम सार्कीले १७ रन बनाउँदा कुशल मल्लले २० र आरिफ शेखले ३८ रन बनाउँदै आउट भए । सातौँ विकेटका रुपमा पवन सराफ आउट भए । उनले ३४ बल खेल्दै १५ रन बनाएका थिए । आठौँ विकेका रुपमा सोमपाल कामी आउट भएका थिए । उनले २२ बल खेल्दै २७ रन बनाएका थिए ।

क्यानडाका लागि उदय भगवानले तीन विकेट लिए । सादविन जाफर र ईश्वरज्वत सोहीले दुई-दुई विकेट लिँदा हर्ष ठकार र साहिद अमजादीले समान एक–एक विकेट लिए ।

क्यानडाका लागि ब्याटिङतर्फ पग्रत सिंहले ५० रन बनाएर आउट भए । यस्तै, निकोशल क्रिटोनले सर्वाधिक ६८ रन बनाए ।

नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२ खेलयता एक दिवसीय अन्तर्राष्ट्रिय खेल हारेको छैन । सन् २०२२ को नोभेम्बर १४ तारिखमा नेपाल यूएईसँग पराजित भएसँगै कीर्तिपुर मैदानमा सबै १२ खेल जितेको इतिहास थियो ।

यूएईसँगको तीन खेलको शृंखलामा नेपालले पहिलो खेल हारेर लगातार दुई खेलमा जित हात पारेको थियो । त्यसपछि विश्वकप लिग २ अन्तर्गतका दुई वटा त्रिकोणात्मक शृंखलाअन्तर्गत खेलेका ८ खेल जितेको थियो ।

यस्तै, एसीसी प्रिमियर कपका दुई वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा पनि विजय प्राप्त गर्दै उपाधि जितेको थियो । यो जितसँगै नेपालको एक दिवसीय खेलमा लगातार १३ औँ जित हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट