दोस्रो बजारमा वाणिज्य बैंक कमजोर, अधिकांशको मूल्य दुई सय हाराहारी-Sutra News

दोस्रो बजारमा वाणिज्य बैंक कमजोर, अधिकांशको मूल्य दुई सय हाराहारी

बिहिबार, २५ माघ २०८०

बिहिबार, २५ माघ २०८०

काठमाडौं । झण्डै दुई सातादेखि शेयर बजार सुस्ताएको छ । निरन्तरको गिरावटपछि लगानीकर्ता बाहिरिँदा बजारमा उत्साह छैन ।
२२ सयको बिन्दुनजिक पुगेको बजार ओर्लिएर दुई हजारको हाराहारीमा छ ।



पछिल्लो एक सातालाई केलाउँदा बजार करिब निरन्तर उकालोमा थियो । तर, लगानीकर्ता निराश देखिएको बजारमा एकल अंकभन्दा बढीको बृद्धि हुन सकेको छैन ।

सोमबार १४.५७ अंकले बृद्धि भएपनि त्यसयता निरन्तर एकल अंकको मात्रै बृद्धि हुन पुग्यो । साताको अन्तिम कारोबार दिन बिहीबार पनि ५.६८ अंकले मात्रै बजार बढेको थियो ।

बजार सुस्ताउँदा विशेषगरी बैंकिङ्ग क्षेत्रमा निकै निराशा देखिएको छ । पछिल्लो सातालाई केलाउँदा ६ अंकले बृद्धि भएपनि पछिल्लो महिनालाई हेर्दा बैकिङ्ग इन्डेक्स झण्डै १०० अंकको उतारचढावपछि २० अंकले घटेको छ ।

बैंकिङ्ग क्षेत्रमा उत्साह नछाउँदा अधिकांश बैंकहरूको मूल्यमा उच्च गिरावट आएको छ । बजार सुस्ताउँदाको प्रभाव कुनै पनि वाणिज्य बैंकको मूल्य छ सयसम्म पुगको छैन ।

नेपाल स्टक एक्सचेन्जले दिएको तथ्यांकअनुसार साताको अन्तिम कारोबार दिन बिहीबारसम्मलाई हेर्दा १९ वाणिज्य बैंकमध्ये आठ वाणिज्य बैंकको मूल्य दुई सय मुनि छ भने सात वाणिज्य बैंकको मूल्य तीन सय मुनि छ ।

यसैगरी, जम्मा चार बैंकको मूल्य मात्रै तीन सयमाथि छ । स्टक एक्सचेन्जले जनाएअनुसार दोस्रो बजारमा सबैभन्दा बढी स्टाण्र्डड चार्टड बैंकको मूल्य छ । जसको मूल्य प्रति कित्ता ५३३ रुपैयाँ छ ।

यी हुन् दुई सय मूनी मूल्य भएका बैंक

कुमारी बैंक  : १४९

प्रभु बैंक : १५३

लक्ष्मी सनराइज बैंक : १६७

सिटिजन इन्टरनेशनल बैंक : १६९

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : १७०

माछापुच्छ्रे बैंक : १८६

एनएमबी बैंक : १९२

ग्लोबल आइएमई बैंक : १९५

यी हुन् तीन सय मुनि मूल्य भएका बैंक

हिमालयन बैंक : २००

प्राइम कमर्शीयल बैंक : २०४

नेपाल बैंक लिमिटेड : २३०

सिदार्थ बैंक लिमिटेड : २३४

कृषि विकास बैंक : २४२

सानिमा बैंक : २४९

एसबिआई बैंक : २९०

यी हुन् तीन सयभन्दा माथि मूल्य भएका बैंक

नबिल बैंक : ४७६

एनआइसी एसिया बैंक : ४७४

एभरेष्ट बैंक : ५२७

स्टार्डड चार्टड बैंक : ५३३

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट