कांग्रेसले सुशासनलाई पार्टीको मन्त्र बनाउनु पर्छ : महामन्त्री थापा-Sutra News

कांग्रेसले सुशासनलाई पार्टीको मन्त्र बनाउनु पर्छ : महामन्त्री थापा

शुक्रबार, २६ माघ २०८०

शुक्रबार, २६ माघ २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले सुशासनलाई पार्टीको मन्त्र बनाएर अगाडि बढाउनु पर्ने बताएका छन् । एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकासका लागि कांग्रेसले सुशासनलाई पार्टीको मूल मन्त्र बनाएर अगाडि बढाउनु पर्ने बताएका हुन् ।



महामन्त्री थापाले पछिल्लो समय संविधानमाथि प्रहार गर्ने कोसिस भइरहेको बताए । “संविधानमाथि आक्रमण भइरहेको छ, यस्ता अवरोध बेलाबेलामा आइरहन्छन्, यस्ता अवरोधसँग जुध्दै जाने हो चिर्दै जाने हो,” उनले भने । उनले काठमाडौंमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको भन्दै काठमाडौंलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।

उनले स्थानीय निकाय र पार्टीबीच समन्वय हुन नसकेको आम गुनासो रहेको भन्दै त्यसलाई चिर्न जरुरी रहेको उल्लेख गरे । उनले भ्रष्टाचारी जोगाउनका लागि सरकार लाग्न नहुने बताए । “दोषी उम्कनुहुन्न, निर्दोष फस्नुहुन्न, भ्रष्टाचारी, ठग भिआईपी हुँदैन”, उनले भने ।

महामन्त्री थापाले सुशील कोइरालाको दृढता र लचकताका कारण संविधान निर्माण भएको बताउँदै अग्रज नेताको आस्था, निष्ठा र नैतिकताबाट पछिल्लो पुस्ताले पाठ सिक्नुपर्ने बताए ।

कांग्रेस नेता प्रदीप पौडेलले काठमाडौंका जनताले पार्टीले गरेको मूल्यांकनका आधारमा निर्णय लिने गरेको स्मरण गरे । उनले विस २०४८ सालपछि नेपालमा धेरै विकास भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट