पाकिस्तान निर्वाचन : घेराबन्दीमा परेका इमरानको पार्टीको निरन्तर अग्रता-Sutra News

पाकिस्तान निर्वाचन : घेराबन्दीमा परेका इमरानको पार्टीको निरन्तर अग्रता

शुक्रबार, २६ माघ २०८०

शुक्रबार, २६ माघ २०८०
फाइल तस्बिर ।

काठमाडौं । पाकिस्तानमा राष्ट्रिय सभा र प्रान्तीय निर्वाचनको बिहीबार भएको मतदानको मतपरिणाम आउन थालेको छ । मतपरिणाममा इमरान खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)ले अग्रता लिएको छ ।



निर्वाचन आयोगले २६५ मध्ये १२८ सिटको नतिजा सार्वजनिक गरेको छ । सञ्चार माध्यमले जनाएअनुसार नतिजा आएका १२८ सिटमध्ये खानको पीटीआई पार्टीले ५१ सिटमा जित हात पारेको छ ।

सत्तारुढ मुस्लिम लिगले ३९ र पाकिस्तान पिपुल्स पार्टीले ३३ सिटमा जित हात पारेको छ । अन्यले पाँच सिट जितेका छन् ।

मतगणना जारी रहेका स्थानमा पनि पीटीआईले लिड गरिरहेको जनाइएको छ ।

खानको पार्टी (पीटीआई) का अध्यक्ष ब्यारिस्टर गौहर खानले आफ्नो पार्टीले राष्ट्रिय सभामा १५० भन्दा बढी सिट जित्ने दाबी गरेका छन् । उनले पञ्जाब र केपीकेमा पनि सरकार बनाउने स्थितिमा रहेको दाबी गरेका छन्।

पाकिस्तानको राष्ट्रिय सभामा कुल ३३६ सिट छन्। जसमध्ये २६५ सिटमा निर्वाचन भएको थियो । बाँकी सिट आरक्षित छन् ।

पाकिस्तानमा मुख्यतयाः तीन दलबीच प्रतिस्पर्धा छ । जसमा पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन), पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई), र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) पर्छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट