काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री नियुक्ति भएको चार महिनापछि सरकार विस्तार भएको हो ।
शुक्रबार मुख्यमन्त्री कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री थपेका हुन् । कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री बन्दा माओवादी केन्द्रबाट राजेन्द्र कार्की र नारायण मगर मन्त्री बनेका छन् ।
सुनुवारले स्वास्थ्य र खत्रीले उद्योग कृषि तथा सहकारी विकास मन्त्रालय भएका हुन् । कार्कीले सामाजिक विकास र मगरले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी हुन् ।