पहिरोमा पुरिएको दुई दिनपछि दुई बालकको जीवित उद्धार-Sutra News

पहिरोमा पुरिएको दुई दिनपछि दुई बालकको जीवित उद्धार

शुक्रबार, २६ माघ २०८०

शुक्रबार, २६ माघ २०८०

काठमाडौं । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तका धेरै गाउँमा ठूलो पहिरो गएको दुई दिनपछि माटोबाट तीन वर्षीया बालिका र दुई महिने बालकलाई जीवितै उद्धार गरिएको छ ।



फिलिपिन्स रेडक्रसका अध्यक्ष डिक गोर्डनले उद्धार गरिएका बालबालिकालाई तुरुन्तै नजिकैको स्थानीय अस्पतालमा लगिएको विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।

माको सहरस्थित एउटा खानी स्थल नजिकै मंगलबार राति गएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन् ।

प्रान्तीय सरकारले सय जनाभन्दा बढी बेपत्ता रहेको र उनीहरू पहाडबाट खसेको माटो, चट्टान र रूख मुनी गाडिएको बताएको छ । बेपत्ताको खोजी तथा उद्धार कार्यहरु जारी रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट