पाकिस्तानमा इमरान समर्थन पार्टीको अग्रता कायम-Sutra News

पाकिस्तानमा इमरान समर्थन पार्टीको अग्रता कायम

शनिबार, २७ माघ २०८०

शनिबार, २७ माघ २०८०

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले समर्थन गरेका उम्मेदवारहरूले चुनावमा सबैभन्दा बढी सिट प्राप्त गरेका छन् ।



यति हुँदाहुँदै पनि इमरानको पार्टीले सरकार बनाउँदैन । योसँगै नवाज शरीफको पार्टीले कम सिट पाए पनि सरकार बनाउने दाबी गरिरहेको छ ।

पाकिस्तानमा सम्पन्न आम चुनावको नतिजाका सन्दर्भमा बाहिर आएका तथ्यहरूले त्यहाँको सम्पूर्ण निर्वाचन प्रक्रियामा कसैले विश्वास गर्न नसक्ने कुरा स्पष्ट गरेको छ ।

चुनावी नतिजापछिको अवस्था के हुन्छ भन्ने कुरा शुक्रबार राति वा शनिबारसम्म खुल्ने छ । तर, जुन सम्भावनाहरू देखापरिरहेका छन् ।

त्यसबाट नवाज सरिफको नेतृत्वमा गठबन्धन सरकार बन्ने सम्भावना छ । तर कमजोर गठबन्धनका कारण सरकारको चाबी पाकिस्तानी सेनाको हातमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट