काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ओपन अनिल शाहले अर्धशतक बनाएका छन् ।
उनले डेब्यु खेलमा क्यानडाविरुद्ध १९ बल खेल्दै अर्धशतक पूरा गरेका हुन् । यस क्रममा उनले तीन छक्का र सात चौका प्रहार गरे । २० औँ बल खेल्दा उनी आउट भएका थिए ।