काठमाडौं । क्यानडाविरुद्ध आजको खेलामा नेपालको तेस्रो विकेट गुमेको छ । दोस्रो एक दिवसीय क्रिकेटमा देव खनाल ७६ रन बनाएर आउट भएका हुन् ।
चौथो विकेटमा ब्याटिङ गर्न गएका खनालले ८१ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । उनले कप्तान रोहित पौडेलसँग १५० रनको साझेदारी गरे ।
देव आउट भएपछि भीम सार्की क्रिजमा छन् । २८६ रनको लक्ष्य पछ्याएको नेपाल जित नजिक पुगेको छ ।