बलिउड अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि एउटा निजी अस्पतालमा भर्ना गरिएको छ ।
शनिवार बिहान छातीमा समस्या देखिएपछि ७३ वर्षीय भारतीय राजनीतिज्ञ समेत रहेका मिथुनलाई कोलकातको अपोलो अस्पतालको आइसीयूमा भर्ना गरिएको हो ।
मिथुनको उपचार जारी छ । शनिवार बिहान पनि उनी नियमित काममा व्यस्त थिए, तर उनलाई अचानक हल्का छटपट हुन थाल्यो र छाति दुख्न थालेपछि अस्पताल भर्ना गरिएको हो । अहिले उनको अस्पतालको आइसीयूमा राखेर उपचार भैरहेको जनाइएको छ ।
उनलाई डाक्टरको टीमले एमआरआई गरेका छन् । न्यूरोलोजिस्टले उनको उपचार गरिरहेका छन् । मिथुनले शरीरको दाहिने भागमा सुनिएको बताएका थिए । अस्पताल सूत्रका अनुसार उनलाई स्ट्रोक पनि भएको हुन सक्ने बताइएको छ ।
अहिलेसम्म पनि अस्पतालबाट मिथुन चक्रवर्तीको स्वास्थ्य अवस्थाको बारेमा केहि जानकारी गराइएको छैन । यतिबेला उनको स्वास्थ्य अवस्था थाहा पाउन फ्यानहरु आतुर भएका छन् ।
चक्रवर्तीका ठूला छोरा मिहोहका अनुसार अवस्था सामान्य रहेको भए पनि छाती दुख्नका कारण पत्ता लागेको छैन । उनी चिकित्सकहरु निगरानीमै रहेको बताएका छन् । फ्यानहरु यतिबेला मिथुनको स्वास्थ्यलाभको कामना गरिररहेका छन् ।