काठमाडाैं । यस वर्षको ब्लकबस्टर फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को छायांकन सम्पन्न भएको छ ।
पौष २१ गतेबाट सुरु भएको भएको मनसराको छायांकन ३० दिन लगाएर समापन गरिएको हो ।
ललितपुर, काठमाडौं र पाँचथर क्षेत्रमा छायांकन गरिएको यस फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको निर्माण पक्षले जनकारी गराएको छ ।
आगामी वर्षको वैशाख २१ गते रिलिज हुने तयारी गरिएको यस फिल्ममा मिरुना ‘मनसरा’ पात्रको शीर्ष भूमिकामा देखिनेछिन् ।
फिल्ममा मिरुना र दयाहाङका अलावा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ ।
निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।
कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहको छ ।
सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् । यस फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ ।
‘जारी’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका सुब्बाले ‘मनसरा’लाई ग्रामीण परिवेश र जीवनशैलीमा तयार गरेको बुझ्न सकिन्छ ।