माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु-Sutra News

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

काठमाडौं । समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्ने कार्यसूचीका साथ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।



राष्ट्रियसभा गृहमा सुरु भएको बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्य सूची छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता बैठकमा समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ ।

माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको संगठन निर्माण, पुनः निर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।

सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो ।

बैठक आज र भोलिसम्म चल्नेछ । माओवादीको केन्द्रीय समिति ४०९ सदस्यीय छ । यस्तै, वैकल्पिक केन्द्रीय सदस्य १९० जना छन् । यस्तै सात वटा भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारीलाई पनि बैठकमा आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट