हवाई आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु-Sutra News

हवाई आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

काठमाडौं । दक्षिणी गाजा पट्टी शहर रफाहस्थित एक घरमा इजरायली बमबारीमा परी कम्तीमा २५ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।



घटनामा दर्जनौं घाइते भएका छन् । प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले जनाएअनुसार बम विस्फोटको समयमा धेरै विस्थापितहरू उक्त घरमा बसिरहेका थिए ।

रफाहका मेयर अहमद अल–सुफीले शनिबार भने, “रफाहमा हालैका घण्टाहरूमा इजरायली गोलाबारी र विस्फोटका घटना बढेका छन् । पछिल्लो एक विभत्स आक्रमणमा विस्थापित गाजाबासी बसिरहेको एक घर निशानामा परेको छ ।”

इजरायलले रफाहमा सैन्य कारबाही गरे ‘विश्वव्यापी विपत्ति’ निम्त्याउने हमासका अधिकारीलाई उद्धृत गर्दै हमासको नियन्त्रणमा रहेको प्यालेष्टिनी सरकारी सञ्चार माध्यम वाफाले जनाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाको सबैभन्दा दक्षिणी शहर रफाहमा सैन्य कारबाहीका लागि योजना बनाउन सेनालाई निर्देशन दिएका छन् ।

गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायल–हमास द्वन्द्व सुरु भएयता त्यहाँका करिब आधा बासिन्दा सुरक्षाको खोजीमा इजिप्टसँग जोडिएको रफाहतर्फ भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट