पहिलो कारोबार दिनमै घट्यो शेयर बजार, अधिकांशका लगानीकर्ताले गुमाए नाफा-Sutra News

पहिलो कारोबार दिनमै घट्यो शेयर बजार, अधिकांशका लगानीकर्ताले गुमाए नाफा

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजार दोहोरो अंकले घटेको छ । १०.५० अंकले घट्दै बजार २०८५.८२ को बिन्दुमा ओर्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार समग्रमा बजार ०.५० प्रतिशतले घटेको छ ।



गत साताको पहिलो कारोबार दिन पनि शेयर बजार घटेको थियो । तर, त्यसयता शेयर बजार निरन्तर बृद्धि भइरहेको थियो ।

दोहोरो अंकले बजार घटेपनि आइतबार कारोबार रकम एक साता यताकै सर्वाधिक भएको छ । एक करोड पाँच लाख ७१ हजार कित्ता शेयर किनबेच हुँदा आइतबार कारोबार रकम चार अर्ब आठ करोड ५६ लाख रुपैयाँ बराबरको भयो ।

शेयर बजारमा अघिल्लो शुक्रबाचर चार अर्बमाथिको कारोबार भएको थियो । तर, त्यसयता भने कारोबार रकम खुम्चिएको थियो ।

१४८ कम्पनीको मूल्यमा गिरावट

दोहोरो अंकले बजार घट्दा अधिकांश कम्पनीको मूल्यमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार कारोबारमा आएका २४७ कम्पनीमध्ये १४८ कम्पनीको मूल्य घटेको छ ।

९१ कम्पनीको मूल्यमा भने बृद्धि भएको स्टक एक्सचेन्जले जनाएको छ । आज ८ कम्पनीको मूल्यमा भने उतारचढाव आएन ।

सर्वाधिक कारोबार हिमालय रि इन्स्योरेन्स

आइतबार सर्वाधिक कारोबार हिमालयन रि इन्स्योरेन्सको भएको छ । स्टक एक्सचेन्जका अनुसार आठ लाख ८७ हजार १७० कित्ता शेयर किनबेच हुँदा हिमालयनको कारोबार रकम ६२ करोड ४७ लाख रुपैयाँ बराबरको भयो ।

हिमालयनपछि बजारमा नेपाल इन्फास्टक्चर डेभलपमेन्ट बैंक, हिमालयन डिस्ट्रिलरी, एनआइसी एसिया र हाथवे कम्पनी कारोबार उच्च रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट