गृहमन्त्रीलाई रविको प्रश्न- बाँसबारी जग्गा प्रकरणमा कांग्रेस सांसद विनोदसँग बयान लिइयो कि लिइएन ?-Sutra News

गृहमन्त्रीलाई रविको प्रश्न- बाँसबारी जग्गा प्रकरणमा कांग्रेस सांसद विनोदसँग बयान लिइयो कि लिइएन ?

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भन्दै प्रश्न गरेका छन् ।



सिंहदरबारमा आइतबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बाँसबारी जग्गा प्रकरणबारे प्रश्न गरेका हुन् ।

समितिको बैठकमा गृहमन्त्री श्रेष्ठसहित गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवर उपस्थित भएका थिए । बैठकमा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीको जतिकै शेयर भएका विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भनेर प्रश्न गरेका हुन् ।

‘अरुण चौधरीकै जति शेयर भएका सत्तारुढ दलका सांसद विनोद चौधरीलाई अनुसन्धानको दायरामा राखेर बयान लिन सकिन्थ्यो होला बयान लिइयो कि लिइएन’, लामिछानेले भने ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा तत्कालिन च्याम्पियन फुटवेयर कम्पनी मातहत ल्याइएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।

लामिछानेको प्रश्नको जवाफमा दिँदै गृहमन्त्री श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धान हुँदै गर्दा काठमाडौं जिल्ला अदालतको आदेश अनपेक्षित आएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट