एउटा आममाफी दिँदा गल्ती भएको स्वीकार्दै राष्ट्रपतिले दिइन् राजीनामा-Sutra News

एउटा आममाफी दिँदा गल्ती भएको स्वीकार्दै राष्ट्रपतिले दिइन् राजीनामा

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

काठमाडौं । हंगेरीका राष्ट्रपति क्याटालिन नोभाकले राजीनामा दिएकी छन् । बाल यौन दुर्व्यवहारको आरोप लागेका व्यक्तिलाई आममाफी दिएसँगै विरोध भएको राजीनामा दिएकी हुन् ।



उनले भनिन्, “म माफी चाहन्छु, मैले एउटा गल्ती गरेँ, बाल यौन दुर्व्यवहारको आरोप लागेका एक व्यक्तिलाई माफी दिइएको खबरले धेरैलाई दुःख दिएको छ, म सधैँ बालबालिका र परिवारको सुरक्षाको पक्षमा छु र रहने छु ।”

अप्रिल २०२३ मा बाल गृहका पूर्व उपनिर्देशकलाई आममाफी दिइएको थियो । उनले आफ्ना मालिकलाई बालबालिकामाथि हुने यौन दुर्व्यवहार लुकाउन मद्दत गरेका थिए । त्यसयता राष्ट्रपतिको विरोध भएको थियो ।

यो विरोध ९ फेब्रुअरी २०२४ मा बढेको थियो । राष्ट्रपति भवन बाहिर मानिसहरू जम्मा भएका थिए । प्रदर्शन गर्न थाले । राष्ट्रपति क्याटलिन नोभाकको राजिनामाको माग गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट