काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । पार्टी कार्यालय सानेपामा आगामी फागुन ३ गते बैठक आह्वान गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताए ।
पौडेलका अनुसार बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको सम्बन्धमा केन्द्रीत हुनेछ । छलफल कांग्रेसले तयारी थालिसकेको छ ।
आगामी बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यको उपस्थिति हुने छ ।