यू-१९ विश्वकप- जितका लागि भारतलाई २५४ रनको लक्ष्य-Sutra News

यू-१९ विश्वकप- जितका लागि भारतलाई २५४ रनको लक्ष्य

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपको फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई जितका लागि २५४ रनको लक्ष्य दिएको छ ।



बेनोनी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाली टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको हो । जसमा हरजस सिंहले सर्वाधिक ५५ रन बनाए । कप्तान ह्युज विब्जेन ४८ रन बनाएर आउट भए । ह्यारी डिक्सन ४२ रन बनाए ।

भारतका लागि राज लिम्बानीले ३ विकेट लिए । नमन तिवारीले २ विकेटमा सफलता हात पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट