काठमाडौं । निरोज भट्टको ‘साइला साइली’ बोलको गीत सार्वजनिक भएको छ ।
पछिलो समय भाईरल भनेर चिनिएकी अन्जु बिश्वकर्मा र श्रीधर अधिकारीको सुमधुर आवाज रहेको गीतमा डा बिष्णु मुर्ति भट्टराईको शब्द र श्रीधर अधिकारीको संगीत रहेको छ ।
यस्तै गीतको म्यूजिक एरेन्जमा विश्वास नेपाल, मिक्सिङ मास्टरिङ एचवियन किस्मत र रेकडिस्टमा आकाश नेपाली रहेका छन् ।
“साइला साइली” बोलको गीतको यती बेला व्यापक चर्चा छ । भिडियोमा निरोज भट्ट र सुरक्षा इतानी फिचरमा छन् ।
गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन् ।
जेरी भण्डारीको निर्देशन राजेश घिमिरेको छायांकन र सुजन कोईरालाको सम्पादन रहेको छ ।