कुमारी बैंक लिमिटेडको तेइसौं वार्षिक साधारण सभा सम्पन्न-Sutra News

कुमारी बैंक लिमिटेडको तेइसौं वार्षिक साधारण सभा सम्पन्न

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

काठमाडौं । कुमारी बैंक लिमिटेडको तेइसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबारका काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो ।



साधारणसभाले सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७९/८० आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०८०/८१ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी साधारण सभाले सञ्चालक समिति पनि चयन गरेको छ । संस्थापक शेयरधनीको तर्फबाट अमिर प्रताप जं.ब.राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजय कुमार श्रेष्ठ, पशुपति मुरारका, सर्वसाधारण शेयरधनी समूहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल सञ्चालक समितिमा नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट