यस्तो छ मिथुन चक्रबतीको स्वास्थ्य अवस्था-Sutra News

यस्तो छ मिथुन चक्रबतीको स्वास्थ्य अवस्था

सोमबार, २९ माघ २०८०

सोमबार, २९ माघ २०८०

बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि एउटा निजी अस्पतालमा भर्ना गरिएको थियो। शनिबार चक्रवर्तीलाई आपतकालीन अवस्थामा कोलकाताको एपोलो अस्पतालमा लगिएको हो।



अभिनेतालाई छाती दुखेको गुनासो गरेपछि आकस्मिक अस्पतालमा भर्ना गरिएको थियो । उनी अस्पताल भर्ना भएसँगै चिकित्सकको टोलीले मिथुनका बारेमा इस्केमिक सेरेब्रोभास्कुलर ब्लकेज भएको जानकारी दिएको थियो । सेरेब्रोभास्कुलर ब्लकेज भनेको सरल शब्दमा थ्रोम्बस वा रगत जमेको कारण मस्तिष्कमा जाने धमनीमा अवरोध वा बन्द हुनु हो।

त्यसपछि चिकित्सकले नै उनको अवस्था स्थिर रहेको जानकारी दिए ।  सेरेब्रोभास्कुलर ब्लकेजबाट पीडित भएको एक दिन पछि राम्रो महसुस गरेसँगै आईसीयूबाट बाहिर छन्।

अपोलो अस्पतालले विज्ञप्ति जारी गरी मिथुन चक्रवर्तीको स्वास्थ्य अपडेट दिएको थियो । उक्त विज्ञप्तिमा लेखिएको छ, ‘राष्ट्रिय पुरस्कार विजेता अभिनेता श्री मिथुन चक्रवर्ती (७३) लाई दाहिने माथिल्लो र तल्लो हातमा कमजोरी भएको गुनासोसहित बिहान ९ः४० बजे अपोलो मल्टिस्पेशलिटी अस्पताल, कोलकाताको आपतकालीन विभागमा ल्याइएको थियो । उनको मस्तिष्कको एमआरआई, आवश्यक प्रयोगशाला र रेडियोलोजी परीक्षण गरिएको छ ।’

यसैबीच अस्पतालबाट एउटा भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोलाई समाचार एजेन्सी एएनआईले इन्स्टाग्राममा पोस्ट गरेको हो । यस भिडियोमा मिथुन चक्रवर्ती अस्पतालको बेडमा सुतेको देखिन्छ । यस समयमा डाक्टरहरू उनको वरिपरि उभिन्छन्।

यसै क्रममा कोलकाता बीजेपी प्रमुख सुकान्त मजुमदार उनलाई भेट्न आएका छन् । भिडियोमा डाक्टरले मिथुनलाई आफ्नो स्वास्थ्यको अपडेट दिएको सुनिएको छ । यस क्रममा मिथुन आफैं डाक्टरसँग कुरा गरिरहेको देखिन्छ ।

यस भिडियोमा मिथुन चक्रवर्तीको अवस्था पनि पहिलेको भन्दा निकै राम्रो देखिन्छ । यद्यपी, अभिनेता अस्पतालबाट कहिले डिस्चार्ज हुने भन्ने टुंगो छैन । तर यो भिडियो हेरेपछि उनका फ्यानहरुले निकै राहत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट