काठमाडौं । अलराउण्डर कुशल मल्लले क्यानडाविरुद्ध तेस्रो विकेट झारेका छन् । १९ औँ ओभरको पहिलो बलमा निकोलस किर्तनलाई ३ रनमा भिम सार्कीको हातबाट क्याच आउट गराएका हुन् ।
यसअघि आकाश चन्दले १४ औँ ओभरको अन्तिम बलमा श्रीमान्था विजयरथेलाई आउट गराएका थिए ।
तेस्रो ओभरको चौथो बलमा ओपनर आरोप जोनसनलाई ४ रनमा क्याच आउट गराउँदा नेपाललाई पहिलो सफलता मिलेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि क्यानडाले ब्याटिङ गरिरहेको छ ।