काठमाडौं । फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दतीको ब्याजदर घटाएका छन् । बैंकमा लगानीयोग्य रकम बढ्दै जान थालेसँगै बैंकहरुले ब्याजदर घटाएका हुन् ।
प्राप्त विवरणअनुसार फागुनका लागि १६ बैंकले ब्याजदर घटाएका छन् भने चार वाणिज्य बैंकले ब्याजदर माघकै तुलनामा ब्याजदर कायम राखेका छन् ।
माघ महिनाका लागि बैंकहरुको निक्षेपको औसत ब्याजदर ८.१२ प्रतिशत रहेको छ । तर, फागुनका लागि भने औसतमा ०.४० प्रतिशतले ब्याजदर घटाउँदै औसत ७.७२ प्रतिशत प्रस्ताव गरेका छन् ।
सार्वजनिक ब्याजदरअनुसार फागुनमा सबैभन्दा बढी एनएमबी बैंकको छ सबैभन्दा कम कृषि विकास बैंकको छ ।
व्यक्तिगत मुद्दति निक्षेपमा कुनको ब्याजदर कति ?
कृषि विकास बैंक : ६.४४३
एभरेष्ट बैंक : ८
नेपाल बैंक : ७.२५
लक्ष्मी सनराइज बैंक : ८
माछापुच्छ्रे बैंक : ८
एनआईसी एसिया बैंक : ८
प्रभु बैंक : ७.५
स्टान्डर्ड चार्टड बैंक : ७.३५
राष्ट्रिय वाणिज्य बैंक : ७.३५
नबिल बैंक : ७.७५
ग्लोबल आईएमई बैंक : ७.६
सिद्धार्थ बैंक : ८
प्राइम कमर्सियल बैंक : ७.४
कुमारी बैंक : ८.०१
सानिमा बैंक : ७.५१
हिमालयन बैंक : ८.१५
नेपाल एसबीआई बैंक : ८.१
नेपाल इन्भेष्टमेन्ट बैंक : ८
एनएमबी बैंक : ८.५
सिटिजन्स बैंक : ८.२५