शेयर बजारमा हरियाली, यी हुन् नाफा कमाउने कम्पनी-Sutra News

शेयर बजारमा हरियाली, यी हुन् नाफा कमाउने कम्पनी

सोमबार, २९ माघ २०८०

सोमबार, २९ माघ २०८०

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । १५.३३ अंकले बढ्दै बजार २१०१.१६ को बिन्दुमा उक्लिएको छ । समग्रमा बजार ०.७३ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।



बजार बढेपनि सोमबार कारोबार रकम भने यसअघिको तुलनामा केही घटेको छ । सोमबार एक करोड एक लाख आठ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम तीन अर्ब ५८ करोड ६९ लाख रुपैयाँ बराबरको भयो ।

सोमबार यसअघि जस्तै कारोबार रकमका आधारमा हिमालयन रि इन्स्यारेन्स अग्रस्थानमा रह्यो । तीन लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा हिमालयनको कारोबार रकम २३ करोड दुई लाख रुपैयाँ भयो ।

हिमालयनसँगै कारोबार रकमका आधारमा नेपाल इन्फ्राइक्स्टक्चर, एनआइसी एसिया, नेपाल इन्स्योरेन्स कम्पनीलगायत अग्र स्थानमा रहे ।

१९९ कम्पनीको मूल्यमा बृद्धि

सोमबार कारोबारमा आएका २४८ कम्पनीमध्ये १९९ कम्पनीको मूल्यमा बृद्धि भयो भने ४५ कम्पनीको मूल्यमा गिरावट आयो ।

चार कम्पनीको मूल्य भने यसअघिकै तुलनामा स्थिर रह्यो ।

सोमबार बोटर्लस नेपाल बालाजु र समाज लघुवित्त कम्पनीको मूल्यमा सर्किट लाग्यो भने कुथेली बुखरी स्मल हाइड्रोपावर र चिर्ख्वा हाईड्रोपावर लिमिटेडको मूल्यमा ९.९९ प्रतिशतले बृद्धि भएको छ ।

नेप्सेको अन्य उपसमूहबाहेकमा सबै उपसमूहमा हरियाली देखियो । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन उपसमूहमा बृद्धि भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट