काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्न नेपाल राष्ट्र बैंकले सोमबार साँझ सञ्चालक समिति बैठक आह्वान गरेको छ ।
बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्न साँझ ५ बजेपछि सञ्चलक समिति बैठक आह्वान गरेको हो । बैठकपछि आजै समीक्षा सार्वजनिक हुने सम्भावना रहेको छ ।
पछिल्लो समय बैंकहरुमा अधिक तरलता रहेकाले राष्ट्र बैकले दिनहुँजसो तरलता खिच्दै आएको छ । यस कारण कर्जा विस्तारको नीति केन्द्रीय बैंकले लिन सक्ने आकंलन गरिएको छ ।