राज्यलाई कर तिरेर गैरकानूनी सम्पत्ति वैध गर्ने बाटो खुलाउँदै सरकार-Sutra News

राज्यलाई कर तिरेर गैरकानूनी सम्पत्ति वैध गर्ने बाटो खुलाउँदै सरकार

सोमबार, २९ माघ २०८०

सोमबार, २९ माघ २०८०

काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आर्थिक तथा वित्तीय अपराध नियन्त्रणका लागि कडा कानून बनाउनु पर्ने बताएका छन् ।



सोमबार राष्ट्रियसभा बैठकमा सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले मुलुकको आर्थिक तथा वित्तीय अवस्थालाई सुदृढ बनाउँदै यससम्बन्धी अपराध नियन्त्रण गर्न विधेयक ल्याइएको दाबी गरेका थिए ।

मुलुकमा वित्तीय पारदर्शीता र लगानीको वातावरण बनाउन विधेयक महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न र सुपरिवेक्षण राष्ट्र बैंकले गर्न सक्ने व्यवस्था गरिएको धारणा राखेका थिए ।

मन्त्री गुरुङले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम कुनै व्यक्तिको सम्पत्तिको स्रोत खुल्न नसकेको र अपराध पनि नदेखिएको सन्दर्भमा राज्यलाई कर तिराएर सम्पत्ति वैध गर्न सकिने व्यवस्था गरिएको बताए । उनले विधेयकमा कुनै गलत नियत नराखिएको र कसैको कालो धनलाई वैध बनाउन नखोजिएको स्पष्ट पारे ।

त्यसअघि बैठकमा विधेयकमाथिको छलफलमा क्रममा अवैध सम्पत्तिलाई वैध गर्न बाटो खुल्ला गर्न नहुनेमा जोड दिएका थिए । राष्ट्रियसभा बैठकले उक्त बैठकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट