काठमाडौं । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा अनिल शाह ‘म्यान अफ दि म्याच’ भएका छन् । नेपाल नौ विकेटले विजयी भएको खेलमा उनले सर्वाधिक ११२ रन बनाउँदै शतक बनाएका थिए ।
खेलमा ओपनर शाहले १२४ बल खेल्दै १२ चौका र दुई छक्का प्रहार गरी ११२ रन बनाएका हुन् ।
तेस्रो विकेटमा ब्याटिङ गर्न गएका भीम सार्कीले १२९ बल खेल्दै १०१ रन बनाए । यस क्रममा उनले ११ चौका र एक छक्का प्रहार गरे ।
यसअघिका दुई खेलमा नेपाली टिमका कप्तान रोहित पौडेल म्यान अफ द म्याच भएका थिए ।