रोहित पौडेल बने सर्वोत्कृष्ट खेलाडी-Sutra News

रोहित पौडेल बने सर्वोत्कृष्ट खेलाडी

सोमबार, २९ माघ २०८०

सोमबार, २९ माघ २०८०

काठमाडौं । नेपाली टोलीका कप्तान रोहित पौडेल सर्वोत्कृष्ट खेलाडी बनेका छन् । क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय सिरिजमा उनी सर्वोत्कृष्ट खेलाडी बनेका हुन् ।



कप्तान रोहितले सिरिजका दुई खेलमा ६ विकेट लिँदै ब्याटिङतर्फ ९५ रन बनाएका थिए ।

सिरिजको पहिलो खेलमा रोहितले ८ रन बनाउँदा चार विकेट लिएका थिए । दोस्रो खेलमा ८७ रन बनाउँदा बलिङतर्फ २ विकेट लिए ।

रोहितको कप्तानी पारीमा नेपालले एक खेलअगाडि सिरिजमा २–० को अग्रत बनाएको थियो । क्यानडाविरुद्धको तेस्रो तथा निर्णायक खेलमा रोहितले ब्याटिङको मौका पाएनन् । उनले विकेट पनि लिन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट