मौद्रिक नीति समीक्षाको प्रभाव : शेयर बजारमा गयाे पहिरो-Sutra News

मौद्रिक नीति समीक्षाको प्रभाव : शेयर बजारमा गयाे पहिरो

मंगलबार, १ फाल्गुन २०८०

मंगलबार, १ फाल्गुन २०८०

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा ठूलो अंकको गिरावट भएको छ । मंगलबार ३०.५६ अंकले घट्दै बजार २०७०.५९ को बिन्दुमा झरेको छ ।



उच्च अंकले बजार घट्दा अधिकांश कम्पनीको मूल्य गिरावट आएको छ । कारोबारमा आएका २४८ कम्पनीमध्ये २०३ कम्पनीको मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

उच्च अंकले घट्दा नेप्सेका सबै इन्डेक्स राताम्मे बनेका छन् । अधिकांश इन्डेक्समा एक प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति लगानीकर्ता सन्तुष्ट नबन्दा बजार घटेको देखिन्छ । समीक्षामार्फत शेयर बजारसँग सम्बन्धीत नीतिहरु खुकुलो हुने अपेक्षा गरिएको थियो । तर, त्यस्तो नीति नआएपछि लगानीकर्ता निराश भएका हुन् ।

लगानीकर्ताले विशेषगरी ५० लाख रुपैयाँभन्दा माथिका सेयर धितो कर्जामा जोखिमभार घट्ने तथा व्यक्तिगत तथा संस्थागत लगानीमा लगाइएको सीमा हट्ने आशा गरेका थिए । तर, समीक्षामा ती कुरा समेटिएनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट