माओवादी ‘जनयुद्ध’ र यसको नेतृत्वलाई बढी हेपाइ हुन थालेको भन्दै ‘जनयुद्ध’मा सहभागी नेता–कार्यकर्तालाई एकतामा आउन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अपिल । जनयुद्धका उपलब्धिलाई अपमानित गर्ने छुट कसैलाई नभएको जिकिर ।
।।।।।।।।।।।।।।।।।।
प्रधानमन्त्री बन्न र सत्ता कब्जा गर्न मात्र तत्कालिन नेकपा (माओवादी)ले सशस्त्र युद्ध सुरु गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप । काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्र्दै उनले सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने भन्दै प्रचण्डलाई सोधे प्रश्न ।
।।।।।।।।।।।।।।।।
राजसंस्था पुनर्स्थापनालगायतका एजेन्डाहरू अघि सार्दै नयाँ चरणको आन्दोलन सुरु गरेकाे भन्दै विवादित मेडिकल दुर्गा प्रसाईँद्वारा काठमाडौंमा शक्ती प्रदर्शन । प्रसाईंको अभियानलाई राप्रपाको पनि नैतिक समर्थन । प्रसाईँसँग सहकार्यको गृहकार्य गर्न राप्रपाले डा. धवलशम्शेर राणा र हेमजंग गुरुङ सम्मिलित वार्ता समिति बनायो ।
।।।।।।।।।।।।।।।
विधि विपरीत हचुवाको भरमा कोही पनि करार र अस्थायी कर्मचारीलाई सेवाबाट नहटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन । प्रधानमन्त्रीको निर्णयअनुसार संघीय मामिला मन्त्रालयलाई मंगलबार एक पत्र लेख्दै निर्णयबारे जानकारी गराएको राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता सहसचिव कृष्णप्रसाद पन्थद्वारा जानकारी ।
।।।।।।।।।।।।।।।।
नेकपा माओवादी केन्द्रको नेतृत्वमा वर्तमान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नभएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको दाबी । जनयुद्ध, शान्ति र संविधान अहिलेसम्म आइपुग्दा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डको नेतृत्व अझै अपरिहार्य भएको भनाई ।
।।।।।।।।।।।।।।।
संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउन नहुनेमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको जोड । काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सर्वोच्च अदालतले दिएको आदेश । मानव अधिकार आयोगको निर्देशन आदिलाई मध्यनजर गरेर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन बनाउनुपर्ने भनाई ।
।।।।।।।।।।।।।
जनयुद्धका उपलब्धीको उपभोग गर्ने तर, जनयुद्ध स्वीकार नगर्ने प्रवृत्तिविरुद्ध भण्डाफोर अभियान चलाइने नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको चेतावनी । आवश्यक परे फेरि अर्को जनयुद्ध लड्न तयार रहेको प्रतिबद्वता व्यक्त ।
।।।।।।।।।।।।।।
नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा गण्डकी प्रदेश सचिव पिएल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ नेकपा एमालेमा फर्किए । पार्टी विभाजनसँगै माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेका तनहुँका नेताद्वय श्रेष्ठलाई एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा अोलीसहितका नेताहरुद्वारा स्वागत ।
।।।।।।।।।।।।।।।।।।।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा पूर्वका केही जिल्लाका शैक्षिक संस्थाहरुमा चन्दा माग गर्दै धम्की दिने दुई जना पक्राउ । पक्राउ पर्नेमा इलामको माम्सेबुङ गाँउपालिका १ गजुरमुखी घर भई हाल काठमाडौंस्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षका प्रविण मिश्र र पाँचथरको याङवरक गाउँपालिका १ बस्ने अन्दाजी ३० वर्षीय विपिन अधिकारी रहेको प्रहरीद्वारा जानकारी, घटनाको थप अनुसन्धान हुँदै ।
।।।।।।।।।।।।।।।
राजस्व बढ्नुका साथै आर्थिक गतिविधि चलायमान भएको भन्दै अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको अर्थमन्त्री डा प्रकाशशरण महतको दाबी । स्रोतबिना यसअघि सरकारले गरेका बिभिन्न योजना र कार्यक्रममा ल्याएकोले स्रोत व्यवस्थापन गर्न कठिन भएको जिकिर ।
।।।।।।।।।।।।।।।।।
मौद्रिक नीतिको अर्थवार्षिक समीक्षापछि लगानीकर्ता रुष्ट हुँदा सेयर बजारमा पहिरो । ३०.५६ अंकले घट्यो नेप्से, ४ अर्ब ६६ करोडको कारोबार भएको बजारमा सबै उपसमूहका सूचक नकारात्मक बाटोमा, २०३ कम्पनीको मूल्य घट्दा ४० कम्पनीको मूल्य बढ्यो ।
।।।।।।।।।।।।
र, समूह चरणमा अपराजित रहँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश । समूह चरणको आफ्नो अन्तिम खेलमा मंगलबार माल्दिभ्सलाई २१४ रनको फराकिलो अन्तरमा पराजित, नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीको कीर्तिमानी शतक ।