काठमाडौं । बहुचर्चित ललिता निवास प्रकरणमा विशेष अदालतले फैसला दिएको छ। अदालतले राजनीतिक तहलाई चोख्याउँदै कर्मचारी र भूमाफियालाई भने सजाय सुनाएको छ ।
डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले प्रकरणमा मुछिएका तत्कालिन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमिसुधार मन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ ।
तर, प्रकरणमा मुछिएका मालपोत कार्यालय, डिल्ली बजार र भूमिसुधार कार्यालयका तत्कालिन कर्मचारीहरू र भूमाफियाहरुलाई भने दोषी ठहर गर्दै सजायँ सुनाएको छ ।
अदालतले रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जनाए । उनका अनुसार दोषी ठहर हुनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि छन् ।
यस्तै, नक्कली मोही खडा गरी जग्गा किनबेचमा सहयोगी बनेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव छविराज पन्त पनि दोषी ठहर भएका छन् ।
विशेष अदालतले सुवर्ण शमशेरका परिवारलाई पनि दोषी ठहर गरेको प्रवक्ता कार्कीले बताए ।
अदालतले राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ ।
यस्तो छ फैसलाको पूर्णपाठ