विशेष अदालतको फैसलापछि गृहमन्त्रीले दिए सबैलाई बधाई-Sutra News

विशेष अदालतको फैसलापछि गृहमन्त्रीले दिए सबैलाई बधाई

शुक्रबार, ४ फाल्गुन २०८०

शुक्रबार, ४ फाल्गुन २०८०

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले गरेकाे फैसला ऐतिहासिक भएकाे भन्दै सबैलाई धन्यवाद दिएका छन्। शुक्रबार सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री श्रेष्ठले यस्ताे बताएका हुन् ।



‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ,’ गृहमन्त्री श्रेष्ठले सामाजिक सन्जालमा लेखेका छन्, ‘जालसाजी, कीर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रिया विरुद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्‍यो। विशेष अदालत र न्यायाधीशहरुप्रति हार्दिक आभार र धन्यवाद।’

ललिता निवास जग्गा प्रकरणमा बिहीबार विशेष अदालतले फैसला सुनाएकाे थियाे । अदालतले व्यक्ति र संस्थाका नाममा रहेका जग्गा सरकारको हुने फैसला गरेको थियो।

साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्व सचिव छविराज पन्तसहित ८० जनाभन्दा बढीलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला पनि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट