कांग्रेसका नेताहरुले गरे हिन्दु राष्ट्र स्थापना महाअभियानको औपचारिक घोषणा-Sutra News

कांग्रेसका नेताहरुले गरे हिन्दु राष्ट्र स्थापना महाअभियानको औपचारिक घोषणा

शनिबार, ५ फाल्गुन २०८०

शनिबार, ५ फाल्गुन २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् । शनिबार काठमाडौंमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो ।



महाअभियानको घोषणा गर्दै भण्डारीले देशका प्रमुख विषयहरुलाई स्थापित गर्दै नेपालीहरु अघि बढ्न सके नेपाल विश्वको एक मात्रै हिन्दु राष्ट्र बन्ने बताए । देशको सनातन धर्मलाई रक्षा गर्दै देशको आर्थिक समृद्धिको बाटोमा देशलाई अघि बढाउन कांग्रेसले अब नेतृत्वदायी भूमिका निर्वाह गर्र्न ढिलाई गर्न नहुने उनको भनाइ थियो ।

उनले महासमिति बैठकबाट हिन्दु राष्ट्रको एजेण्डा उठाउने जिकीर गरे । हिन्दु राष्ट्र नेपाल स्थापनाका लागि कसैको सहयोग नलिइएको उनले स्पष्ट पारे ।

यसअघि भण्डारीको नेतृत्वमा पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सोमबारदेखि शुरु हुने महासमितिको बैठकमा हिन्दु राष्ट्रको अजेण्डा समेट्न भन्दै पूरक प्रस्ताव पेश गरिएको थियो । जसमा २२ कांग्रेसी नेताहरुले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट