वातावरणीय जागरणका लागि केपी ओली पुगे गुह्येश्वरी-धाप बाँध-Sutra News

वातावरणीय जागरणका लागि केपी ओली पुगे गुह्येश्वरी-धाप बाँध

शनिबार, ५ फाल्गुन २०८०

शनिबार, ५ फाल्गुन २०८०
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वातावरणीय जागरणका लागि सोमबार गुह्येश्वरी-धाप बाँधको यात्रा गरेका छन् ।



एमालेको काठमाडौं जिल्ला कमिटी आयोजनामा पूर्वप्रधानमन्त्री ओलीको नेतृत्वको टोलीले पशुपति–गुह्येश्वरीबाट बागमती करिडोर–सुन्दरीजल हुँदै आलापोटसम्मको यात्रा गरेको हो । यात्राका क्रममा अध्यक्ष ओलीले काठमाडौं उपत्यकामा पानीका स्रोतहरूको व्यवस्थापन गर्ने र नदीहरूलाई सफा बनाउन यस्ता बाँध निर्माण अगाडि बढाउन अत्यावश्यक भएकाले त्यसतर्फ अविलम्ब लाग्न सरकार र सम्बन्धित निकायलाई घच्घच्याउन स्थानीयलाई आग्रह गरे ।

अध्यक्ष ओली प्रधानमन्त्री हुँदा उक्त बाँध निर्माण गरी त्यहाँ सांस्कृतिक, धार्मिक र प्राकृतिक पर्यटन प्रवर्द्धनका लागि विस्तृत परियोजना प्रतिवेदन बनेको थियो भने परियोजना कार्यान्वयन सिँचाइ एकाइ सञ्चालनमा आएको छ । गोकर्णेश्वर नगरपालिका १ स्थित पर्ने २४ मिटर उचाइको हुने बाँध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलोमिटर दूरीमा पर्छ ।

एमाले जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले बाँध निर्माण सम्पन्न गर्न सरकारलाई सुझाव दिने र जन दबाब सिर्जना गर्ने उद्देश्यका साथ यात्रा गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट