सुनको मूल्यमा भारी वृद्धि-Sutra News

सुनको मूल्यमा भारी वृद्धि

आइतबार, ६ फाल्गुन २०८०

आइतबार, ६ फाल्गुन २०८०

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।



जसअनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्दै एक लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार एक लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य एक लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन एक लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदी एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट