विदेश जान्छु भनेका युवाको हत्या गरियो, १० लाख दिएर सरकार चुप बस्यो – रवि लामिछाने-Sutra News

विदेश जान्छु भनेका युवाको हत्या गरियो, १० लाख दिएर सरकार चुप बस्यो – रवि लामिछाने

आइतबार, ६ फाल्गुन २०८०

आइतबार, ६ फाल्गुन २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ ।



आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै पार्टी सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी देखिँदा पनि मन्त्री ज्वालाले राजीनामा नदिएको भन्दै विरोध जनाए ।

‘देशमा रोजगारीको अवसर नपाएर विदेश जान्छु भनेका दुई युवाको गोली हानी हत्या गरियो, १० लाख दिएर सरकार चुप बस्यो,’ उनले भने, ‘छानबिन समितिले भौतिक मन्त्री नै दोषी देखिएको स्पष्ट पार्यो, यो स्पष्ट भइसक्दा पनि न सम्बन्धित मन्त्रीले आफ्नो नैतिकताको प्रदर्शन गर्नु भएको छ, न सरकार, न प्रधानमन्त्रीले कुनै छनक देखाउनु भएको छ ।’

सभापति लामिछानेले सरकारकै छानबिन समितिले दोषी देखाउँदासम्म मन्त्री ज्वालालाई भाषण गर्दै हिँड्ने नैतिकता कहाँबाट आउँछ ? भन्दै प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट