पैसा नपाएपछि चितवनका किसानले सडकमा पोखे दुध-Sutra News

पैसा नपाएपछि चितवनका किसानले सडकमा पोखे दुध

आइतबार, ६ फाल्गुन २०८०

आइतबार, ६ फाल्गुन २०८०

काठमाडौं । सरकारले दुधको भुक्तानी नदिएको भन्दै चितवनका दुध किसानहरूले सडकमा दुध पोखेर आन्दोलनमा उत्रिएका छन् ।



चितवन दुग्ध उत्पादक सहकारीहरूले दुधको बिक्री तथा भुक्तानीमा देखिएको बेतिथिको विरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेको भनाइ थियो ।

किसानहरूले सडकमा दुध पोखाउनुका साथै किसानको समस्याको समाधानका लागि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन् । उक्त अवसरमा सरकारले आफूहरूको आन्दोलनलाई वेवास्ता गरिएको खण्डमा अझ ससक्त रुपमा आन्दोलन गरिने अध्यक्ष बगालले बताए ।

किसानहरूले उत्पादन गरेको दुधको बिक्रीको व्यवस्था र किसानहरू पाउनु पर्ने भुक्तनी पाउनु पर्ने दुई वटा माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । चितवनका किसानहरूले साउन महिनादेखिको करिब ५२ करोड भुक्तानी बाँकी रहेको जनाएका छन् ।

त्यस्तै, पाँच दिनदेखि दुध बिक्री नभएको उनीहरूको भनाइ छ । चितवनबाट दैनिक एक लाख ५१ हजार लिटर दुध बिक्री हुँदै आएको छ । दुध बिक्री नभएर फाल्नु पर्ने अवस्था भएपछि नचाहे पनि सडक दुध पोख्न बाध्य भएको किसानहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट