साताको पहिलो दिन नेप्से भारी अंकको गिरावट-Sutra News

साताको पहिलो दिन नेप्से भारी अंकको गिरावट

आइतबार, ६ फाल्गुन २०८०

आइतबार, ६ फाल्गुन २०८०

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो कारोबार दिन उच्च अंकले गिरावट भएको छ । आज नेप्से २७ दशमलव २१ अंकले गिरावट हुँदै दुई हजार ३४ दशमलव ८२ मा सीमित भएको हो ।



कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यम गिरावट भएको छ । कूल एक करोड सात लाख ७२ हजार ४८३ कित्ता शेयर तीन अर्ब ७७ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ ।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । कम्पनीको ४० करोड ९० लाख बराबरको कारोबार भयो । एनआईसी एशिया बैंक १३ करोड ६५ लाख ६४ हजार १४०, जोशी हाइड्रोपावर १० करोड १४ लाख १९२, सगरमाथा जलविद्युत् कम्पनी नौ करोड २७ लाख ९३ हजार ५९८ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । किसान लघुवित्त आठ दशमलव २२, युनियन हाइड्रोपावर छ दशमलव ६५ र आशा लघुवित्तका लगानीकर्ताले छ दशमलव शून्य चार प्रतिशतले कमाएका छन् ।

त्यस्तै, सामलिङ पावर आठ दशमलव २१, दोर्दी खोला जलविद्युत् कम्पनी छ दशमलव १५, पाँचथर पावर कम्पनी पाँच दशमलव ९१, बाराही हाइड्रोपावर पाँच दशमलव ८२ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले पाँच दशमलव ६१ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट