क्यानडासँग नेपाल ‘ए’ टोली चार विकेटले पराजित-Sutra News

क्यानडासँग नेपाल ‘ए’ टोली चार विकेटले पराजित

आइतबार, ६ फाल्गुन २०८०

आइतबार, ६ फाल्गुन २०८०

काठमाडौं । नेपाल ‘ए’ टोली एक दिवसीय शृङ्खलाको पहिलो खेलमा क्यानडा ११ सँग चार विकेटले पराजित भएको छ । नेपालले दिएको २१७ रनको लक्ष्य क्यानडा ११ ले ६ विकेट गुमाएर भेट्टाएको हो ।



मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २१६ रनको योगफल बनाएको थियो ।

नेपाल ‘ए’ का लागि बसिर अहमदले सर्वाधिक ५० रनको योगदान दिए । उनले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ५० रन बनाएका हुन् । त्यसैगरी रासिद खानले ४० रन बनाए भने मयन यादवले ३५ रन जोडे । किरण ठगुन्नाले २५, विवेककुमार यादवले २१ र सन्दीप जोराले १४ रन बनाए ।

क्यानड ११ का लागि कप्तान साद बिन जाफले तीन विकेट लिए भने इश्वरजीत सोहीले दुई विकेट झारे । डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक–एक विकेट लिए ।

क्यानडा ११ का लागि नवनित दलिवाल सर्वाधिक ८० रनको योगदान दिए । ७६ बलको सामना गरेका उनले १० चौका र २ छक्का प्रहार गरे । निखिल दत्तले ६२ रन थपे भने सादनविन जफर २३ र श्रेयास मोभ्भा २१ रन बनाए । दिलप्रित बाजवाले १० रन बनाए ।

नेपालका लागि साहब आलमले २ विकेट लिए । रसिद खान, बसिर अहमद, प्रतिश जिसी र सागर ढकालले समान एक-एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट