मेलम्ची खानेपानीमा भ्रष्टाचार- तत्कालीन कार्यकारी निर्देशकसँग एक अर्ब बिगो दाबी-Sutra News

मेलम्ची खानेपानीमा भ्रष्टाचार- तत्कालीन कार्यकारी निर्देशकसँग एक अर्ब बिगो दाबी

आइतबार, ६ फाल्गुन २०८०

आइतबार, ६ फाल्गुन २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्वसचिवसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।



जसअनुसार मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक सूर्य राज कँडेलले मात्रै झण्डै एक अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएको छ ।

आयोगले कँडेलसँग मात्रै ८९ करोड ९ लाख रुपैयाँ बिगो दाबी गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । यस्तै भ्रष्टाचारमा पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरूले मेलम्ची खानेपानी आयोजना अर्बौं भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

यस्तै, आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम रहेर कारबाही माग गरेको छ । यसैगरी दफा २४ बमोजिम थप सजायको माग दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट