आजको मौसम : आंशिक बदलीदेखि तराईमा हुस्सु लाग्ने-Sutra News

आजको मौसम : आंशिक बदलीदेखि तराईमा हुस्सु लाग्ने

सोमबार, ७ फाल्गुन २०८०

सोमबार, ७ फाल्गुन २०८०

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबार धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ ।



उक्त पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण सोमबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दूई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

बिहीबारदेखि शुक्रबारसम्म बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यसैगरि सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मंगलबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट