गगन थापाको प्रतिवेदनले दबाबमा देउवा, सहमति जुटाउन प्रयास-Sutra News

गगन थापाको प्रतिवेदनले दबाबमा देउवा, सहमति जुटाउन प्रयास

सोमबार, ७ फाल्गुन २०८०

सोमबार, ७ फाल्गुन २०८०

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक सोमबार दिउँसो १ बजेदेखि सुरु हुँदैछ । बैठकका लागि महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदनमा तयार पारेका छन् । तर, उक्त प्रतिवेदनमा सहमति जुट्न सकेको छैन ।



महामन्त्री थापाले तयार गरेको उक्त प्रतिवेदनमा सभापति शेरबहादुर देउवा दबाबमा परेका छन् । जसका कारण उनले महामन्त्री थापालाई प्रतिवेदनको केही बुँदा हटाउन आग्रह गरेका छन् ।

महामन्त्री थापाले तयार पारेको प्रतिवेदनमा एउटा बुँदामा भविष्यमा हुने आवधिक निर्वाचनअघि नै गठबन्धन नगर्ने संकल्प गर्नु पर्ने उल्लेख छ । उक्त प्रस्तावलाई हटाउनु पर्ने कांग्रेस संस्थापन पक्षको माग छ ।

सभापति देउवाले असन्तुष्टि जनाएपछि प्रतिवेदनको टुंगो लाग्न बाँकी छ । उक्त विषयमा छलफल गर्न थापाले शनिबार साँझ र आइतबार छलफल गरेका थिए ।

उक्त विषयमा छलफल गर्नका लागि महामन्त्री थापा सोमबार बिहानै सभापति देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । देउवा र थापाले आआफ्नो अडान राख्दा प्रतिवेदनमा सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट