महासमिति बैठकअघि शेखरसँग सुदूरपश्चिमका जिल्ला सभापतिबीच छलफल-Sutra News

महासमिति बैठकअघि शेखरसँग सुदूरपश्चिमका जिल्ला सभापतिबीच छलफल

सोमबार, ७ फाल्गुन २०८०

सोमबार, ७ फाल्गुन २०८०

काठमाडौं । महासमिति बैठक बस्नुअघि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग भेटवार्ता गरेका छन् ।



नेता कोइरालाले सुदूरपश्चिमका जिल्ला सभापतिहरूसँग बैठकबारे छलफल गरेका हुन् । महासमितिको बैठक सोमबार दिउँसो १ बजे बस्दै छ ।

छलफलमा अछामका पुष्प शाह, कञ्चनपुरका पदम बोगटी, बैतडीका चतुरबहादुर चन्द, डडेलधुराका भीम साउद, बाजुराका रामसिंह रावल, बझाङका खड्ग बोहरा, डोटीका नरेन्द्रबहादुर सिंह र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू सहभागी थिए ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट